सिँजा गाउँपालिका सुस्वा मूल्यांकनमा कर्णालि प्रदेशमै प्रथम

पुर्ण चौलागाइ।

जुम्ला जिल्लाको सिँजा गाउपालिका ले सशक्त सुशासन ब्यबस्थापन मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ ।कर्णालि प्रदेशका सबै स्थानिय  तहबीच भएको प्रतिस्पर्धात्मक मूल्यांकनमा सिँजा गाउपालिका सुशासन, सेवा प्रवाह, पारदर्शिता र उत्तरदायित्वका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा आएको हो ।

सुस्वा मूल्यांकन कार्यक्रम मार्फत पालिकाहरूको प्रशासनिक क्षमता, योजना कार्यान्वयन, वित्तीय पारदर्शिता, नागरिक सहभागिता, सूचना प्रवाह र सेवाको सहज पहुँचका आधारमा अंक प्रदान गरिएको थियो ।

सोही मूल्यांकनमा सिँजाले सबै सूचकमा सन्तुलित र प्रभावकारी काम गरेको कारण पहिलो स्थान हासिल गरेको जनाइएको छ । सिँजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले यो उपलब्धि जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरूको संयुक्त प्रयासको परिणाम भएको बताए ।

उनका अनुसार पालिकाले सुशासन र सेवाको गुणस्तरमा निरन्तर सुधार ल्याउँदै आएको बताए । जसका कारण पालिका जनतामैत्री प्रशासनको नमुना बन्न पुगेको हो । हामीले सुरुदेखि नै पारदर्शी शासन, जिम्मेवार प्रशासन र जनमुखी योजना निर्माणमा जोड दिएका थियौंल।

आजको परिणाम त्यसैको प्रमाण हो,” अध्यक्षले भने, पालिकाले हरेक निर्णयमा नागरिक सहभागिता सुनिश्चित गर्दै योजना निर्माणदेखि बजेट कार्यान्वयनसम्म सार्वजनिक सुचना प्रणालीलाई सशक्त बनाएको छ ।

सिँजाको यो सफलता केवल एक पालिकाको उपलब्धि मात्र नभई, कर्णालीको सुशासन सुधार यात्राको उदाहरणका रूपमा हेरिएको छ ।




तपाईको प्रतिक्रिया