
पुर्ण चौलागाइ।
जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगताको उपाधि जनसेवाले उचालेको छ ।आयोजक क्लब चन्दननाथ-३ र जनसेवा यूवा क्लब (बी) बिच फाइनल खेल भयको थियो ।
चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित प्रतियोगितामा जनसेवा बी ले उपाधि उचालेको हो ।
चन्दननाथ ३ ले उपबिजेतामा चित्त बुझायको छ ।

निर्धारित समयमा दुबै क्लबले कुनै गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा गयको थियो। ट्राइबेकरमा थियो।जनसेवाले जितेको हो ।
विजेता जनसेवाले १ लाख १ हजार र उपविजेता चन्दननाथ ३ ले ५० हजार ५ सय रुपैयाँ करकट्टि सहित नगद पुरस्कार, मेडल र ट्रफि प्राप्त गरेका संयोजक राजवहादुर खत्रीले बताए ।प्रतियोगितामा जिल्लाभरका ४४ वटा टिमको सहभागिता रहेको थियो |
खेलकुद मार्फत युवा बिचको सम्बन्ध, एकता र उत्सवको वातावरण सुदृढ गर्न प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष रतन खत्रीले बताए ।
जिल्लामा इतिहासमै सबैभन्दा बढि क्लबको सहभागिता रहेको र खेल शान्तिपुर्ण सम्म्पन्न गरेकोमा आयोजकलाइ समापन समारोहका प्रमुख अतिथि चन्दननाथ नगर प्रमुख राजुसिङ कठायतले धन्यवाद दिए ।
खेलमा अनुशासित क्लब तातोपानी २ बनेको आयोजकले बतायको छ ।




हाम्रो कर्णाली । १६ कार्तिक २०८२, आईतवार १८:०३