
पुर्ण चौलागाइ।
चन्दननाथ नगरपालिका–३ ले दिपावलि र छठ पर्वको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिताको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले उद्घाटन गर्नु भएको हो । वडाको आयोजनामा सुरु गरिएको प्रतियोगितामा जुम्लाका ४४ वटा क्लबहरूले प्रतिस्पर्धा गर्ने छन्।
खेलकुद मार्फत युवा बिचको सम्बन्ध, एकता र उत्सवको वातावरण सुदृढ गर्न प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष रतन खत्रीले । उद्घाटन खेल ढाँणथपला युवा क्लब र आयोजक टिम बिच भएकोमा शुन्य गोलका विरुद्ध ४ गोलले आयोजक टिम विजयी भएको छ ।
यस्तै दोस्रो खेल गुठिचौरको फोईकालिका फुटबल क्लब र सिद्धगुफा युवा क्लब बिच भएकोमा शुन्य गोलका विरुद्ध ५ गोल गर्दै फोईकालि युवा क्लब विजयी भएको छ । विजेता टिमले १ लाख १ हजार र उपविजेता टिमलाई ५० हजार ५ सय रुपैयाँ करकट्टि सहित नगद पुरस्कार, मेडल र ट्रफि प्रदान गरिने संयोजक राजवहादुर खत्रीले वताय।
प्रतियोगिता कार्तिक १६ गतेसम्म संचालन हुने भएको छ ।




हाम्रो कर्णाली । ३ कार्तिक २०८२, सोमबार २०:३४