
स्वःदीपबहादुर स्मृति कृयाशिल पत्रकारिता पुरस्कार-२०८ २ बाट पत्रकार लक्ष्मीकन्या न्यौपाने पुरस्कृत भएकी छन् । डेढ दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार न्यौपाने पुरस्कृत भएकी हुन् ।
शनिवार एक समारोहका बीच पत्रकार न्यौपानेलाई पुरस्कार हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पुरस्कार हस्तान्तण गरे ।
रेडियो नारी आवजका स्टेसन मेनेजर समेत रहेकी पत्रकार न्यौपानेलाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ
पुरस्कार छनोट समितिको बैठकले यस वर्षको स्व. दीप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार न्यौपानेलाई दिने निर्णय गरेको हो ।
पत्रकार न्यौपाने विगत दस वर्षदेखि जिल्लामा बसेर सक्रिय पत्रकारिता गर्दे आउनु भएको छ। हाल उनी रेडियो नारी आवज र न्युज सरोकार अनलाइनका संचालक समेत हुन । जुम्ला जिल्लामै पहिलोपटक निजी स्तरबाट वितरण सुरू गरिएको पुरस्कारको राशी १० हजार रहको छ ।
हरेक वर्ष कर्णाली क्षेत्रबाट क्रियाशील पत्रकारलाई प्रदान गरिने स्वःदीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार अघिल्लो वर्षहरुमा पत्रकार सागर परियार,विजय रावत र मानदत्त रावललाई प्रदान गएको थियो ।
स्वःदीपबहादुर स्मृति प्रतिष्ठान, जुम्लाले हरेक वर्ष जुम्ला र बाँके जिल्लामा क्रियाशील पत्रकारिता गरिरहेका सक्रिय पत्रकारलाई पाँच हजार र १० हजार राशीको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष शुभाकार विश्वकर्माले बताय ।कार्यक्रमका प्रमुख अतिथि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले यो कार्यले पत्रकारलाइ थप लेखन क्षेत्रमा उर्जा दिएको र ऐन कानुन भित्ररहि निति नियमलाई पालन गरि गाउँपालिकाबाट आवश्यक आर्थिक तथा अन्य स्रोत साधनको प्रतिष्ठानलाई सहयोग गरिने गाउँपालिका अध्यक्ष चौलागाईले बताए ।
पत्रकार महासंघ शाखा जुम्ला अध्यक्ष पुर्ण प्रसाद चाैलागाईले पत्रकारलाई हौसला दिने काम गर्नु भएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य, प्रेस चौतारी कर्णाली प्रदेश सचिव नौरते नेपाली, जिल्ला अध्यक्ष मानदत्त रावलले यश प्रतिष्ठानले यहाँका पत्रकारको थप पेश प्रती आकर्षणा गर्न र पत्रकारिता क्षेत्रलाई मजबुत बनाउनका लागि सहयोग गर्ने महत्त्वपूर्ण भुमिका खेल्न बताए ।




हाम्रो कर्णाली । १ कार्तिक २०८२, शनिबार १३:५७