जुम्ला प्रशासन मुद्दा फाँटका कर्मचारी पाण्डेले सेवाग्राहीलाई हप्काए

जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाका मुद्दा शाखामा कार्यरत खरिदार रामकृष्ण पाण्डे ले करिव ७ बर्षदेखि दादागिरी मच्चाएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पुर्णप्रसाद चौलागाईमाथि दुव्र्यवहार गरेर दादागिरी देखाएका हुन्।

अभद्र व्यवहारको मुद्दाका विषयमा बुझ्ने क्रममा खरिदार पाण्डेले आफुमाथि दादागिरी देखाएको अध्यक्ष चौलागाईले बताए ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,

प्रेस विज्ञप्ति

                                                                 मिति २०८२÷०६÷२९

मिति २०८२ असोज २९ गते अभद्र व्यवहारको मुद्दाका विषयमा जिल्ला प्रशासन कार्यालय जुम्लाको मुद्दा फाँटमा बुझ्ने क्रममा मुद्दा फाँटमा कार्यरत खरिदार रामकृष्ण पाण्डेले नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका अध्यक्ष श्री पूर्ण प्रसाद चौलागाँई माथि अभद्र व्यवहार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाको गम्भिर ध्यानाकर्षण भएको छ ।

घटनाका विषयमा जान्न र बुझ्न पाउने स्वतन्त्रता माथि कुण्ठित गर्दै पाण्डेले दिएको अभिव्यक्ति र अभद्र व्यवहार प्रति महासंघ खेद प्रकट गर्दछ । उक्त घटनासँग सम्बन्धित पेश गरिएका कागजातहरू लुकाउने र सम्बन्धित व्यक्तिसम्म नपु¥याउने कार्यमा पाण्डेको संलग्न रहेको आशंका छ । आम नागरिकको शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत खरिदार पाण्डेले गरेको व्यवहारले आम सेवा ग्राहीमा असहज भएको छर्लङ देखिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका अध्यक्ष चौलागाँई माथि गरिएको अभद्र व्यवहारको विषयमा छानबिन गरि दोषी माथि यथाशिघ्र कारबाहीका लागि महासंघ जोडदार माग गर्दछ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको मुद्दा फाँटमा करिब ७ वर्षदेखि जिम्मेवारीमा रहेका खरिदार पाण्डेले निष्पक्ष र पारदर्शी ढंगले काम नगरी पूर्वाग्राहीका हिसाबले सेवा प्रवाह गर्दै आएको जनगुनासो रहेको समेत स्मरण गराउँदछौँ । पाण्डेले मुद्दा फाँटमा बसेर निष्पक्ष रुपमा सेवा प्रवाह नगरेको भन्ने गुनासो आएकोले तत्काल उक्त फाँटबाट अलग राख्न माग गर्दछौँ । भने महासंघका अध्यक्षमाथि भएको अभद्र व्यवहार प्रति सम्बन्धित दोषी माथि कानुनी कारबाही नभएको खण्डमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्ला कानुनी प्रक्रियामा जान बाध्य हुने छ । एउटै फाँटमा लामो समय बसेर मुद्दा तोडमोड गर्ने र सेवाग्राहीलाई हप्काउने लगायतका कार्य गरेको हुनाले कानुनी कारबाही गर्न जिल्ला प्रशासन समक्ष माग गर्दछौँ ।

साथै पाण्डेले अभद्र व्यवहार गरेको दिन असोज २९ गते आफ्नो फेसबुकमा कार्यकक्षमै कामकाज गरी रहेको बेला केही अराजक व्यक्तिहरूले एउटा कर्मचारीलाई फाँटभित्र प्रवेश गरी अपशब्द प्रयोग गरी धाकधम्की दिएको भनि लेखेको स्टाटसमा कुनै सत्यता नरहेको कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराईन्छ ।




तपाईको प्रतिक्रिया