कालिका आबि श्रीनगरले देउसि भैलोबाट उठेको रकमले इ-पुस्तकालय स्थापना गर्ने

पुर्ण चौलागाइ।

कालिका आधारभुत बिद्यालय श्रीनगरले देउसि भैलोबाट उठेको रकमले इ-पुस्तकालय स्थापना गर्ने भएको  छ ।उक्त बिद्यालय ले देउसि भैलोबाट उठेको रकमले इ-पुस्तकालय स्थापना गर्ने भएको हो ।

भैलोबाट ५३ हजार रुपैया उठेको र सो रकमबाट आधारभुत बिद्यालय मा इ-पुस्तकालय स्थापना गरिने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिलेश रावतले बताए । इ-पुस्तकालय स्थापना गर्न बिद्यालय मा रकम अभाव भयकोले सहयोगको लागि सहयोगि मनहरुलाइ बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रावतले आग्रह गरेका छन्।

कला सस्कृतिको जगेर्ना गर्नुको साथै बिद्यालय मा इ-पुस्तकालय स्थापना गर्न देउसि भैलो खेल्ने निर्णय गरि शिक्षक , अभिभाबक, बिध्यार्थि मिलि भैलो खेलिएको कालिका आबि श्री नगरका प्रध्यानापक नबदत्त न्यौपानेले बताए ।




तपाईको प्रतिक्रिया