एच वान युवा क्लब हाँकु र जुम्ला एफ.सी फाइनल मा प्रबेश

पुर्ण चौलागाइ।

  एच वान युवा क्लब हाँकु र जुम्ला एफ.सी फाइनल मा प्रबेश गरेका छन्।गिडिदह युवा क्लबद्वारा आयोजित खुला पुरुष फुटबल प्रतियोगिता मा एच वान युवा क्लब हाँकु र जुम्ला एफ.सी फाइनल मा प्रबेश गरेका हुन्।

बुधबार उपाधिका लागि दुइ क्लब भिड्दै छन्। फाइनल खेल भोलि बिहान ठिक १० बजे हाँकु रंगशालामा मैदानमा हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा एच वान युवा क्लब हाँकु र ब्ल्याक डायमण्ड युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो ।  खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि निर्णायक गोल एच वान युवा क्लब हाँकुका खेलाडीले गर्दै टोलीलाई १–० गोलको जित दिलाए ।  उक्त जितसँगै एच वान युवा क्लब हाँकु फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जुम्ला एफ.सी. र तातोपानी–६ बिच कडा भिडन्त भएको थियाे । पहिलाे हाफमा तातोपानी -६ ले १ गाेल गर्दै आफ्नाे टिम लाई अग्रता दिलाउन सफल भएको थियाे ।

खेलकाे दाेर्साे हाफ पछि जुम्ला एफ.सी. २ गाेल  गर्दै तातोपानी -६ माथी जित सुनिश्चित गर्दै फाइनलकाे यात्रा तय गरेकाे हो। खेलभर तीव्र प्रतिस्पर्धा भए पनि जुम्ला एफ.सी. का खेलाडीले निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भए।




तपाईको प्रतिक्रिया