
पुर्ण चौलागाइ।
जिल्ला स्तरिय पुरुष फुटबलको उपाधि जुम्ला फुटबल क्लबले उचालेको छ ।
बुधबार एच वान युवा क्लब हाँकु र जुम्ला फुटबल क्लब सो खेलमा जुम्ला फुटबल क्लबले उपाधि जितेको हो।गिडिदह युवा क्लबद्वारा आयोजित खुला पुरुष फुटबल प्रतियोगितामा जिल्लाका ३३ क्लबले भाग लियका हुन्।
१ गोलका बिरुद्द २ गोल गर्दै जुम्ला फुटबल क्लबले उपाधि उचालेको हो। एच वान युवा क्लब हाँकु ले उपबिजेतामा चित्त बुझायको छ्।प्रथम हुने जुम्ला फुटबल क्लबले १ लाख १ हजार १ सय ११ रुपैया पुरस्कार , ट्र्फि , मेडल र प्रमाणपत्र प्राप्त गरेका छ ।उपबिजेता ले ५१ हजार रुपैया पुरस्कार , ट्र्फि र प्रमाणपत्र प्राप्त गरेको छ ।

तातोपानी -४ स्थित हाकु रङशालामा पहिलो पटक जिल्ला स्तरिय पुरुष फुटबल प्रतियोगिता शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकोमा तातोपानी गाउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाइले आयोजकलाइ धन्यवाद दिय ।




हाम्रो कर्णाली । २९ आश्विन २०८२, बुधबार १८:१७