मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला

Screenshot

मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला

मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । गाडीमा जुम्ला हिमा गाउँपालिका–१ का २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् ।

बुधबार साँझ करिब साढे ८ बजे जुम्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट नेपालगञ्जतर्फ  जाँदै गरेका क.प्र. ०२००१ ख ११८० नम्वरको गाडीमा रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रवीनबाबु रेग्मिले बताए। 

“मृतक युवक गाडीमा यात्रा गरिरहने व्यक्ति हुन् । बसिरहेको अवस्थामा उनको मृत्यु भइसकेको रहेछ, जुम्लास्थित घरमा ओर्लिने बेला मात्र उनको मृत्यु भएको थाहा भयो,” प्रहरी उपरीक्षक रेग्मीले भने, “घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।”




तपाईको प्रतिक्रिया