सर्बाेदय नेपाल जुम्लाको बार्षिक साधारण सभा सम्पन्न

अर्जुन महतारा।
सर्बाेदय विकासका लागि अभियान नेपाल जुम्लाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ११ गते खलंगामा संस्थाका साधारण सदस्यदेखि सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनसहित रणनीति र उद्देश्य प्रस्तुत गरिएको कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । उनले भने, सर्बाेदय नेपाल जुम्लाले यहाँका धेरै पालिका तथा वडातह गाउँबस्तीमा पुगेर महिला सशक्तिकरणदेखि जिविकोपार्जन आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
घास दाउरा मेलापात चुलोचौकोमा सिमित महिलालाई संगठित गरी सशक्तिकरण गर्दै आएको सहजकर्ता गौरीपुन थकालीले बताइन् । उनले भनिन् आफ्नो परिचय पनि गर्न नसक्ने महिलाहरु अहिले माग राख्ने सक्ने भएका छन् । पोषण र स्वास्थ्य सरसफाई, पाठेघरका शिविर सञ्चालन भएपछि महिलालाई राहत पुगेको छ । कृषि सम्वन्धी विउ विजन वितरण गरी हरियो सागपात उत्पादन गरी खाने र पोषणमा सुधार ल्याउने जर्मको गरिएको छ ।
सर्बाेदय नेपाल जुम्लाले समुदाय थप महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्दै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले शुभकाना प्रदान गरेका छन् ।


गाउँ समाजमा सामाजिक विकृतका कुस्कार कुरिति बालविवाह, महिनावारी विभेद जस्ता हानिकारक अभ्यासका अवशेष देखिने गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने, सरकारी तथा गैरसरकारी तवरबाट सामाजिक कुस्कार न्यूनिकरण गर्न प्रयन्तशिल हुने छौँ ।
जिल्ला सञ्चालन हुने कार्यक्रमको विषयमा परियोजना सल्लाहाकार समितिमा छलफल हुने र सोही छलफलका आधारमा कार्यक्रम सञ्चालन हुने गरेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए । उनले भने, सर्बाेदय नेपाल जुम्लाले विशेषगरी महिला सशक्तिकरण र सामाजिक विकृति विरुद्ध काम गर्दै आएको छ ।
सर्बाेदय नेपाल जुम्ला महिलाहरु संगठित भएर स्थापना संस्था हो । संस्थाकी अध्यक्ष नारायणी चौलागाईले भनिन् विशेषगरी महिला सशक्तिकरण र सामाजिक कुस्कारका क्षेत्रमा क्रियाकलाप सञ्चालन गर्दै आएका छौँ । महिनावारी विभेद, बालविवाह, महिला हिंसा, घरेलुहिंसा न्यूनिकरण गर्नेका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने गरिएको अध्यक्ष चौलागाईले बताइन् ।




तपाईको प्रतिक्रिया