जेष्ठ नागरिक नगर समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पूर्ण चौलागाईं ।
जेष्ठ नागरिक चन्दनाथ नगर समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज एक समारोहका बीच सो सभा सम्पन्न भएको हो। नगरका १० वटै वडामा बिगतका बर्षमा बिबिध कार्यक्रम गरिएको र यो बर्षमा बिशेष गरि १० वटै वडामा जेष्ठ” नागरिक स्नेह मिलन” कार्यक्रम गरिने चन्दनाथ नगर समितिका अध्यक्ष मिम बहादुर डागिले बताए । यो बर्ष नगरपालिकाले दुई लाख बिनियोजन गरिएको अध्यक्ष डागिको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजुर्सिह कठायतले जेष्ठ नागरिक हामी सबैका अभिभावक भएकाले उहाँहरुलाइ सम्मान गरि भावना अनुसार आगामी दिनमा नगरले विशेष ध्यान दिने बताए ।
त्यस्तै बिशेष अतिथी नगर उपमेयर रामदेबी खड्काले सामाजिक सुरक्षा भत्तामा असहज नहुने गरि नगरले चाडपर्वको मुखमा जेष्ठ नागरिकलाइ सहजै सुरक्षा भत्तामा उपलब्ध गराउने बताइन् ।


कार्यक्रममा १० वटै वडाका जेष्ठ नागरिकको सहभागिता रहेको थियो।




तपाईको प्रतिक्रिया