
पूर्ण चौलागाईं ।
जुम्लामा भ्यान र अटो बिच रुट प्रमिटको बिबाद सल्टिने भएको छ। लामो समयदेखी तिला कर्णाली यातायात सेवा प्रालि र भैरवनाथ यातायात सेवा प्राली बिच रुट प्रमिटको विषयकमा बिबाद हुँदै आएको थियोे । आइतबार प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकबाट सो बिबाद सल्टिने भएको हो।
बैठकमा भएका निर्णयहरु:
१) जिल्ला भित्र र बाहिर आवतजावत गर्ने सवारी साधनलाई चाडपर्व लक्षित थप सुरक्षित र सजन गर्न दुबै समितिले विशेष अभियान संचालन गर्ने।
२) जिल्ला भित्र विवाद रहित रुपमा यातायात संचालन गर्न ऐन ,नियमले गरेको स्थान र परिधिभित्र रहि सिट क्षमताको आधारमा बाटोको अवस्था हेरि सुरक्षित रुपमा भ्यान र अटो संचालन गर्ने/गराउने।
३)ऐन नियमले निर्दिष्ट गरेको कार्यबिधी विपरीत संचालन गरेको पाइएमा कानुनी कारवाहिको लागि आआफ्नो आबश्यक सहजीकरण गर्ने / गराउने।






हाम्रो कर्णाली । ५ आश्विन २०८२, आईतवार १९:१६