
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिका वडा न. ५ निवासी कमल नेपालिको घरमा आगलागी भएको छ। आज दिउसो करिब एक बजेको समयमा नेपालीको घरमा आगलागी भएको हो।नेपालिको टिनले छाएको तीन तले १२ कोठे घरमा आगलागी भएपछि घर पूर्ण रुपमा जलेको छ। अन्नपात,लुगाफाटो ,भाडाकुडा,गरगहना र अन्य सबै सामान जलि लाखौको क्षेती भएको पिडित कमल नेपालिले बताए । घरमा आगलागी भएपछि परिवारको बिचल्ली भएको छ।
पिडितलाइ तत्काल मलमपट्टीको लागि पालिकाबाट केही सामग्री सहयोग गरेको र घर बनाउनको लागि पालिकाले जतिसक्दो सहयोग गर्ने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । सहयोगको लागि सरोकारवाला निकायासंग समन्वात्मक भुमिका खेल्ने अध्यक्ष चौलागाईंको भनाइ छ।




हाम्रो कर्णाली । ३ आश्विन २०८२, शुक्रबार २२:०१