
पुर्ण चौलागाइ ।
जुम्लामा जारी यू-14 फुटबल प्रतियाेगिताकाे छात्र तर्फको उपाधी चन्दननाथ मावि बजारले उचालेको छ। जुम्ला जिल्ला फुटबल संघ जुम्लाद्वारा आयाेजित अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता अन्तर्गत छात्र तर्फ चन्दननाथ नगरपालिका वडा ४ स्थित चन्दननाथ मावि ले उपाधि जितेकाे हाे ।
चन्दननाथ मावि र जेआर कर्णाली बाेर्डिङ बीच भएकाे फाईनल खेलमा चन्दनाथ मावि ले ३ गोल गर्दै छात्र तर्फकाे उपाधी जितेकाे हाे । निर्धारित समय भित्र जेआर कर्णालीले गाेल फर्काउन नसक्दा उपविजेतामै सिमित भयाे ।

जुम्लामा आयाेजित यू-१४ फुटबल प्रतियाेगितामा छात्रा तर्फ जिल्लाभरबाट १० वटा टिम र छात्र तर्फ १४ गरि २४ बिधालयको सहभागिता रहेकाे थियाे ।
त्यस्तै छात्रा तर्फको उपाधि सरस्वती माबि रिनिले जितेको छ।





हाम्रो कर्णाली । ३ आश्विन २०८२, शुक्रबार १५:१८