माबी स्तरिय वक्तित्वकलामा दुर्गा माबिकी अनुराधा प्रथम

पूर्ण चौलागाईं ।
माद्यामिक स्तरिय वक्तित्वकलामा दुर्गा माद्यामिक बिद्यालय लाम्राकि छात्रा अनुराधा चौलागाईं प्रथम प्रथम भएकि छन् ।”ज्ञान ,सीप र प्रविधियुक्त मौलिक शिक्षा ,आजको आवश्यकता ” बिषयक वक्तित्वकला प्रतियोगितामा चौलागाईं प्रथम भएकि हुन् ।
त्यस्तै पाण्डवगुफा माद्यामिक बिद्यालय कोटघरकी छात्रा सृष्टि भट्ट दृतिय,सरस्वती माद्यामिक बिद्यालयकि छात्रा करुणा रोकाया तृतीय र मालिका माद्यामिक बिद्यालय धापाका छात्र आचार्यले सान्त्वना स्थान हात पारेका छ्न।प्रथम ,दृतिय,तृतिय र सान्त्वना हुने बिद्यार्थीले क्रमशः चार हजार,तीन हजार,दुई हजार र एक हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा सो प्रतियोगितामा जुम्ला जिल्लाका सात गाउँपालिका र एक नगरपालिका भित्रका माद्यामिक बिद्यालयबाट २१ जना छात्रछात्राले भाग लिएको जिल्ला शिक्षा तथा समन्वय इकाइ जुम्लाका प्रमुख शेर बहादुर रोकायाले बताए । बिद्यार्थीको प्रतिभा पहिचान गर्ने हेतुले उक्त प्रतियोगिता गरिएको प्रमुख रोकायाको भनाइ छ।




तपाईको प्रतिक्रिया