आगलागि पिडित कमल नेपालिको परिवारलाई नेपाल निजामति कर्मचारी संगठनद्रारा आर्थिक सहयोग

पूर्ण चौलागाईं ।
नेपाल निजामति कर्मचारी संगठन जुम्लाले आगलागि पिडित कमल नेपालिको परिवारलाई आर्थिक सहयोग गरेको छ। तातोपानी -५ मा शुक्रबार आगलागी हुदा कमल नेपालीको तीन तले घर जलेर खरानी भएको हो।
विपद्को समयमा घरमै पुगि आर्थिक सहयोग गरेकोमा पीडित कमल नेपालिले नेपाल निजामति कर्मचारी संगठन जुम्लालाई धन्यवाद दिए। दुखको सारथि बनेकोमा उक्त संगठनप्रती धेरै खुसी भएको नेपालीको भनाइ छ।
नेकपा एमाले निकट कर्मचारी संगठनले पिडित नेपालीको घरमा पुगेर शनिवार नगद २६ हजार ७ सय रुपैयाँ राहत हस्तान्तरण गरेकाे हाे ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष पदम प्रसाद उपाध्यायले आफ्ना संगठनका सबै कर्मचारी संग समन्वय गरि थाेरै भएपनि राहत दिईएकाे बताए । हाम्रो संगठनले सुरुवात गरि सानो सहयोग गरेको हो। विपद्को समयमा जतिसक्दो सहयोग गर्नु पर्ने अध्यक्ष उपाध्यायको भनाइ छ।
राहत वितरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य धर्मराज रावल,मुन प्रसाद खत्री, खडानन्द चाैलागाई, कमला धरला लगायतकाे सहभागिता रहेकाे थियाे ।




तपाईको प्रतिक्रिया