जुम्लामा कुकुरको टोकाइबाट १४ जना घाइते, अबस्था सामान्य

पुर्ण चौलागाइ।

जुम्ला,२९ भदौ : जुम्लाको तातोपानी गाउँपालिकामा एउटै कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् ।

तातोपानी गाउँपालिकाकाे वडा नं. २, ४, र ५ का १४ जना स्थानीयलाई कुकुरले टोकेपछि घाइते भएका हुन्।घाइतेको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी असिम हमालले बताए। बाटोमा हिडेका स्थानीय लाई कुकुरले टाेकेकाे हाे। घाइते सबैकाे अवस्था सामान्य रहेको छ। कुकुरबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय जुम्लाले जनाएको छ।




तपाईको प्रतिक्रिया