
पूर्ण चौलागाईं ।
जुम्लामा दशै,तिहार र छठ पर्व लक्षित सहुलियत पसल संचालनमा ल्याइएको छ। जिल्ला खाद्य ब्यबस्था समिती अध्यक्ष तथा जिल्ला समन्वय समिती प्रमुख गौरिनन्द आचार्यले उक्त पसलको सोमबार उद्घाटन गरेका हुन् ।
सो पसलबाट ११ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनि बितरण गरिने खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मनोज जोशिले बताए । ५० किलो ग्राम मसिनो चामलको बजार मुल्य करिब ४ हजार ८ सय भएको र सहुलियत पसलबाट ४ हजार २ सय ५० रुपैयाँ मात्र पर्ने भएकोले उपभोक्ताले ६ सय छुट पाउने प्रमुख जोशिको भनाइ छ। चिनी प्रती किलोग्राम १ सय रुपैयाँँमा वितरण गरिने छ।

स्पस्ट परिचय खुल्ने जुनसुकै प्रमाणपत्रको प्रतिलिपीको आधारमा एक जनाले ५० किलोग्राम सम्म मसिनो चामल प्राप्त गर्ने कम्पनीले जनाएको छ। त्यस्तै गरि तिला गाउपालिकाको जुम्लाकोट डिपो र सिंजा गाउपालिकाको धापा डिपोबाट पनि चामल र चिनी वितरण गरिने भएको छ।
सार्वजनिक बिदाको दिन बाहेक भाद्र ३० गतेदेखी कार्तिक १० गतेसम्म सो पसल संचालन गरिने कार्यालयले बताएको छ।




हाम्रो कर्णाली । ३० भाद्र २०८२, सोमबार १४:०२