तिला गाउपालिकामा तोडफोडपछि तालाबन्दि

पूर्ण चौलागाइ ।
जुम्लाको तिला गाउँपालिकामा तोडफोड गरिएको छ । तोडफोड पछि पालिकामा ताला लगाइएको हो ।तिला – ३ कुडारी, खोलिगाउँ लगायत गाउँका यूवाले पालिकाको एम्बुलेन्स उपलब्ध नभएको भन्दै कार्यालय तोडफोडपछि तालाबन्दी गरेका पालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन प्रक्रिया अघि बढाईने अध्यक्ष रोकायाको भनाइ छ।
वडा नं. ३ की एक महिला सुत्केरी बेथाले च्यापेपछि स्थानीय यूवाले अस्पताल लैजान पालिकाको एम्बुलेन्स पठाउन फोन गरेका थिए । तर एम्बुलेन्स चालकले आउन ढिलाई गरेको, पछि आनकाने गरेपछि आवेगमा पालिका पुगेका यूवाले गाउँपालिकाको प्रशासनिक भवनमा तोडफोड गरेको खुलेको छ ।
एम्बुलेन्सको चावीनै थुतेर यूवाले आफै चलाएर लिएको समेत बुझिएको छ ।
त्यस्तै उपाध्यक्ष गोरीकला बुढाले एम्बुलेन्स चालकको फोन नउठे, समयमै नपुगेको विषयमा हामीलाई भन्नुको सट्टा कार्यालय तोडफोड गरेर ठुलो क्षति पुराएको बताईन् । उनले भनिन,‘चालकहरुको कमजोरीका कारण जनप्रतिनिधिले गाली खाने र पालिकामा क्षति पुग्ने काम भयो । यस विषयमा चालकलाई स्पष्टीकरण सोध्ने र पालिकामा क्षति पुराउनेलाई कानुनी दायरामा ल्याउने बताइन।’
भर्खर निर्माण भई संचालनमा आएको तिला गाउँपालिकाको भवनमा रहेको सिसि क्यामरा, सूचना पार्टी, झयाल, ढोका, डिजिटल बोर्ड लगायत सामाग्रीमा क्षति गरि लाखौको क्षेति पुगेको उपाध्यक्ष बुढा को भनाइ छ ।




तपाईको प्रतिक्रिया