विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्न सेनाकाे अपिल

जुम्ला । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।
यस्तै जुम्लामा जिल्ला सुरक्षा समितिले आज बुधबार जारी गर्दै आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म अवाञ्छित कार्य गर्ने लाई कार्वाही गर्ने चेतावनी दिएकाे छ ।
देविदत्त गण जुम्लाका गणपति धिरज थापाका अनुसार, जुम्लामा त्यस्ताे खालकाे कुनै नभएका तत्काल निषेधाज्ञा र कर्फ्यु जारी भने नभएकाे बताए ।
उनका अनुसार, जुम्लामा त्यस्ता खालका अवाञ्छित खालका गतिविधि गरेकाे भेटिएमा कार्वाही गरिएको बताए । उनले भने,” सेनाले आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकोले यो कदम चालिएको स्पष्ट पारे ।
देशभर कर्फ्यु लागेकाे छ तर जुम्लामा भने, सामान्य रहेकाे बताए । जुम्लामा त्यस्ता खालका कुनै गतिविधि भएमा कर्फ्यु पनि लगाइने गणपति थापाले बताए ।
निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउने उनकाे भनाइ छ ।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएकाे छ।
गणपति थापाका अनुसार, आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्न अनुुराेध गरेका छन् ।
आफ्नो घर समाजमा यस्ता किसिमका गतिविधि गरेको पाईएमा देवीदत्त गण जुम्लाकाे फाेन नम्बर ०८७५२०५३२, ९८५८३९११०४, जिल्ला प्रहरी कार्यालय जुम्ला-१००, ९८५८३९०११३ र सशत्र प्रहरी बल ९८५१२७१२९५, ९८५१२७१२९४ मा खबर गर्न अनुराेध गरिएको छ ।

जिल्लाका चार वटा सुरक्षा निकायकाे पहलमा जाेइन्ट अप्रेसनका साथ सुरक्षा व्यवस्थापन गरिरहेकाे गणपति थापाले जानकारी दिए ।

यता जेन-जी पुस्ता जुम्लाले जिल्लामा हिजाे गतिविधि प्रति आफ्नो कुनै संलग्नता नरहेकाे बताएको छ । हिजाे जुम्लाको चन्दननाथ नगरपालिकामा ताेडफाेड, गाडि,दमकल र एम्बुलेन्समा क्षेति गर्ने कार्य जेन-जीले नगरेकाे दाबि गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाएको छ ।

जेन-जी जुम्लाले आज कुनै पनि प्रकारकाे कार्यक्रम नगर्ने बताएकाे छ । आज त्यस्ता खालका कुनै गतिविधि भइ क्षेती भए जेन-जी जिम्मेवार नहुने बताएको छ।




तपाईको प्रतिक्रिया