गंगा आबिको सार्वजनिक सुनुवाइ सम्पन्न

पदम शाही जुम्ला।
पातारासी गाउँपालिका -१ स्थित गंगा आधाभुत बिद्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ। उक्त बिद्यालयको आर्थिक बर्ष २०८१/२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो।
सो बिद्यालयका प्रधानाध्यापक टसि बहादुर ऐडिले प्रस्तुत गरेको प्रतिबेदन अनुसार बर्षभरिको आम्दानी ७७ लाख ६५ हजार ८ सय ३३ रुपैयाँ भएको र बैंक मौज्दात ५ हजार रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि पातारासी गाउँपालिका -१ अध्यक्ष लालर्सिंह ऐडिले पालिकामा सबैभन्दा पहिला सार्वजनिक सुनुवाइ कार्यक्रम गरि सुशासनमा उदारीकरण काम गरेकोमा बिद्यालयलाई धन्यवाद दिए। बिद्यालयको शैक्षिक ,भौतिक र अन्य बिकासमा आफू सदैब सकारात्मक रहेको वडा अध्यक्ष ऐडिले बताए ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द बहादुर ऐडिको अध्यक्षतामा सम्पन्न भएको हो।




तपाईको प्रतिक्रिया