
पदम शाही जुम्ला।
पातारासी गाउँपालिका -१ स्थित गंगा आधाभुत बिद्यालयमा देबि प्रसाद ऐडिको अध्यक्षतामा नयाँ बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको छ। आज सो बिद्यालयमा अभिभावकको भेला गरि ऐडिको अध्यक्षतामा नयाँ बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको हो।
शिक्षा ऐन २०२८ र निमावली २०५९ बमोजिम बिद्यालयको रेखदेख , संरक्षण र ब्यबस्थापन गर्नको लागि सामुदायिक बिद्यालयमा ब्यबस्थापन समिती गठन गर्ने प्राबधान रहेको प्रधानाध्यापक टसि बहादुर ऐडिले बताए । ऐडिको अध्यक्षतामा ९ सदस्यीय समिती गठन भएको प्रधानाध्यापक ऐडिको भनाइ छ। नयाँ गठित समितिको अबधी ३ बर्षको शिक्षा ऐनमा ब्यबस्था गरिएको छ।

त्यस्तै उक्त बिद्यालयमा पर्वते ऐडिको अध्यक्षतामा १३ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको जनाइएको छ।




हाम्रो कर्णाली । १८ भाद्र २०८२, बुधबार १८:११