
पूर्ण चौलागाईं ।
तेर्सो अधिर स्मृती कपको उपाधी जनसेवा युवा क्लबले उचालेको छ। जुम्लामा संचालन भएको फुटसल प्रतियोगिताको उपाधी जनसेवाले उचालेको आयोजक भैरवनाथ युवा क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । त्यस्तै कर्मा युवा क्लब उपबिजेता भएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

१७ वटा युवा क्लबको सहभागिता रहेको सो प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो।
अधिर कार्किको सम्झनामा हरेक बर्ष उक्त प्रतियोगिता संचालन गरिदै आएकोमा यो बर्ष पनि स्वर्गीय कार्किको स्मृतिमा फुटसल प्रतियोगिता संचालन गरिएको चन्दननाथ- ५ का वडा अध्यक्ष बिर्ख कार्किले बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला खेलकुद समिती जुम्लाका प्रमुख कबिदत्त न्यौपानेले खेल क्षेत्रको बिकास गर्नको लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
चन्दनानाथ- ५ को आर्थिक सहयोग र भैरवनाथ युवा क्लबको आयोजनामा सो प्रतियोगिता संचालन भएको हो।




हाम्रो कर्णाली । ९ भाद्र २०८२, सोमबार २०:३५