पूर्ण चौलागाईं ।
जुम्लामा दीर्घकालीन आश्रय सहितको बालबालिका सेवा केन्द्र स्थापना भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका वडा न.६ मा उक्त सेवा केन्द्र स्थापना भएको हो। आज एक समारोहका बिच सेवा केन्द्रको स्थापना गरिएको छ।
जुम्लामा हालसम्म टुहुरा अनाथ तथा अति बिपन्न बालबालिकाहरुको लागि ब्यबस्थित दीर्घकालीन आश्रय केन्द्र नभएको हुदा त्यस्ता बालबालिकालाई संरक्षण , रेखदेख र ब्यबस्थापन गर्ने हेतुले सो केन्द्रको स्थापना गरिएको केन्द्रका अध्यक्ष राजेश्वोर न्यौपानेले बताए । केन्द्रलाई दीर्घकालीन बनाउन सरोकारवालालाई सहयोग गरिदिन अध्यक्ष न्यौपानेले अपिल गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती जुम्लाका प्रमुख गौरिनन्द आचार्यले पुण्य कामको सुरुवात गरि बालबालिकाको सेवा गर्न खोज्ने केन्द्रको कार्यसमितिलाई धन्यवाद सहित समन्यात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

बिशेष अतिथि हिमा गाउँपालिकाका उपाध्यक्ष सुपर्ना शाहिले सामाजिक कामको प्रसंशा गर्दै पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन।
जुम्लामा पहिलो पटक स्थापना गरिएको सो केन्द्रको दीर्घकालीन संचालनको लागि सबै सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ।




हाम्रो कर्णाली । ४ भाद्र २०८२, बुधबार १७:३६