तातोपानीमा अमर रोकायाको संयोजकत्वमा छानविन समिति गठन

पूर्ण चौलागाईं ।
तातोपानी गाउँपालिकाले गुणस्तरहिन गड्यौला मल वितरण विषयमा छानविन समिति गठन गरेको छ । गाउँपालिका प्रवक्त वडाध्यक्ष अमरबहादुर रोकायाको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
साउन ९ गते गाउँकार्यपालिकाको निर्णयले गाउँपालिका प्रवक्त रोकायको संयोजकत्वमा पाँच सदस्सीय छानविन समिति गठन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले बताए । दिव्या अर्गानिक फर्टिलाईजर चितवनबाट गड्यौला मल खरिद गरी कृषकलाई साउन ६ र ७ गते वितरण गर्दा किसानबाट गड्यौला मल गुणस्तरहिन भएको भन्ने जन गुनासो आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ।
सो मल के कसो भएको हो । सत्य तथ्य छानबिन गरी यथार्थ प्रतिवेदन ७ दिन भित्र पेश गर्ने उद्देश्यका साथ पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । गाउँपालिकाबाट हुन गएको यस प्रकारको प्राविधिक त्रुटीले कृषक माँझ पर्न गएको असुविधा प्रति गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष चौलागाईंको भनाइ छ ।




तपाईको प्रतिक्रिया