
पूर्ण चौलागाईं जुम्ला।
नेपाल सरकारले जुम्ला जिल्लाको हाँकु सामुदायिक बीउ बैंकलाइ पुरस्कृत गरेको छ। प्रथम राष्ट्रिय कोदो दिवसको अबसरमा उक्त बीउ बैंक सम्मानित भएको हो।
हाँकु सामुदायिक बीउ बैंकले लीबर्ड, राष्ट्रिय जीन बैंक, वायोभर्सीटी लगायतका संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा २०७७ सालमा जुम्ला जिल्लामा व्यापक खेती गरिने रातो कोदो राष्ट्रिय बीउ विजन समितिमा दर्ता गरी त्यसको निरन्तर बीउ उत्पादन तथा प्रवर्द्धन कार्यमा योगदान गरे वापत नेपालद्रारा पुरस्कृत भएको हाँकु सामुदायिक बीउ बैंककी अध्यक्ष कविता जैसी( पराजुली ) ले बताइन् । १५ हजार नगद तथा प्रमाणपत्र सहित सो बीउ बैंक सम्मानित भएको छ। हाँकु सामुदायिक बीउ बैंकले तातोपानी गाउँपालिका- ४,५ र ६ का १० वटा सामुदायिक बिद्यालयमा अर्गानिक दिवा खाजा खुवाउदै आएको छ।
नेपालमा कोदोको जात दर्ता गर्ने पहिलो हाँकु सामुदायिक बीउ बैंक भएकोले पनि नेपाल सरकारले पुरस्कृत गरेको अध्यक्ष जैसिको भनाइ छ।




हाम्रो कर्णाली । १६ श्रावण २०८२, शुक्रबार १९:५६