तरूण दलको नेतृत्व लिन हानथाप

पूर्ण चौलागाईं ।
नेपाल तरूण दल जिल्ला कार्य समिति जुम्लाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन भएको छ । नेपाली कांग्रेसकी सह महामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो ।
तरुण दलको नेतृत्व लिनका लागि हानथाप देखिएको छ । अध्यक्ष पदका आकांक्षी उम्मेदवार धेरै देखिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार आकांक्षी हेमबहादुर बुढ्थापा, सञ्जिव रावल, विरेन्दी शाही, रतन शाही, जंग रोकाया, अंगराज चौलागाई, विकास शाही, भरत शाही, गणेश मल्ललगायतका व्यक्तिहरु रहेका छन् । करिव दर्जन जना व्यक्तिहरु अध्यक्ष पदका उम्मेदवारी भएकोले अधिवेशन प्रतिस्पर्धात्मक हुने देखिएको तरण दलका केन्द्रीय सदस्य डिल्लीराज हमालले बताए ।
कांग्रेस नेत्री रामदेवि खड्काले पछिल्लो राजनितीक परिवेशलाई हेर्दा नेपाली कांग्रेस प्रतिको आस र भरोसा मरेकाले यसलाई बचाइ राख्न केन्द्र देखि जिल्ला स्तर सम्म बलियो बनाउन आवश्यक रहेको बताइन् ।




तपाईको प्रतिक्रिया