चन्दननाथमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना

पूर्ण चौलागाईं ।
चन्दननाथ नगरपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ। चन्दननाथ नगरपालिकाको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको शहरी पुर्व तयारी तथा प्रतिकार्य प्रबर्द्धन परियोजना अन्तर्गत सो केन्द्रको स्थापना भएको हो। उद्धारमा सरलता ल्याउने हेतुले सो केन्द्रको स्थापना गरिएको उक्त केन्द्रलाई करिव ३ लाख (भ्याट सहित ) बराबरको औजार हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जुम्लाका कार्यवाहक सभापति जगदीश चौंलागाईले बताए।
लामो समयदेखि परिकल्पना गरेको काम आज आएर सुरुवात गरेको चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले बताए। सेवा केन्द्रको उद्घाटन गर्ने अवसर मिल्दा नगरपालिका परिवार हर्षित रहेको मेयर कठायतको भनाइ छ।
नेपाल रेडक्रस सोसाइटीले हस्तान्तरण गरेको सामग्रीको विवरण




तपाईको प्रतिक्रिया