
पूर्ण चौलागाईं ।
वालमैत्री वडा घोषणा गर्न समुदायमा अनुगमन सुरु गरिएको छ।चन्दननाथ-१ र ९ लाई आर्थिक वर्ष २०८२/०८३ भित्रमा वालमैत्री वडा घोषणा गर्ने योजना रहेको चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेबी खड्काले बताइन् । वालमैत्री वडा घोषणा गर्न समुदायमा अनुगमन गरि मापदण्ड अनुसार सुचक पूरा भएपछि मात्र घोषणा गरिने उपमेयर खड्काको भनाइ छ।
वडामा अनुगमनको क्रममा छाउपडी प्रथा ,बालबिबाह,बहुबिबाह जस्ता कुरिती भेटिएमा वडाबाट प्रदान गरिने कुनै सेवा नदिने चन्दननाथ-१ का वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले बताए ।
वालमैत्री वडा घोषणा गर्न ५१ सुचक पूरा गर्नु पर्ने हुन्छ, अनुगमनको क्रममा केही समस्या देखियका बस्तिहरुमा पटक पटक अनुगमन गरि नगारिकलाइ सचेत गराइ वालमैत्री वडा घोषणालाई सफल बनाउने चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा थापाले बताइन् ।

सोसेक र किर्डाक नेपालको समन्वय तथा चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा उक्त घोषणा कार्यक्रम गरिने भएको छ।




हाम्रो कर्णाली । १८ असार २०८२, बुधबार १८:१४