
पूर्ण चौलागाईं ।
जुम्लाको चन्दननाथ नगरपालिकामा नि:शुल्क कपडा बैंकको स्थापना गरिएको छ। चन्दननाथ-५ कार्कीबाडामा नि:शुल्क कपडा बैंकको स्थापना गरिएको हो। विपन्न र सडक मानवहरुलाई राहत पुग्ने हेतुले सो कपडा बैंकको स्थापना गरिएको सामाजिक अभियान्ता धनराज सुनार बताए । उदारणिय कामको सुरुवात गरेकोमा अभियानकर्तालाइ चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले धन्यवाद दिए। उक्त केन्द्रको लागी नगरले आवस्यक सहयोग गर्ने मेयर कठायतले प्रतिबद्धता गरे।
कपडा बैंक संचालनका लागि पहिलाे चरणमा बलराम नेपाली,मंगला विश्वकर्मा,जी,पी स्टस्नारी,गणेश रोकाया कालीमन सुनार,कृष्ण वि.क अग्री रोकाया,आनन्द अधिकारी , गोमा नगरकोटी, सुवास सु -सेन्टर लगायतले सहयाेग गरेका छन ।
बलराम सुनार, कृष्ण सुनार, ज्ञानबहादुर सुनार,अभिषेक नेपाली, कलिमन् सुनार,पद्म सुनार, धनराज सुनारले पहलकर्ताको भुमिका खेलेका छन।




हाम्रो कर्णाली । २१ असार २०८२, शनिबार २२:१०