पदम शाही ।
बिद्यालय ब्यबस्थापन समिती महासंघ नेपाल तातोपानी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी डिलेश रावतले पाएका छन् । “हामी सुधार्छौ हाम्रो बिद्यालय” भन्ने मुख्य नाराका साथ आज सम्पन्न भएको प्रथम भेलाले अध्यक्षको जिम्मेवारी डिलेश रावतलाई दिइएको हो।
त्यस्तै उक्त पालिका स्तरीय समितिमा धनिकला कुवर उपाध्यक्ष , शेर बहादुर रावत सचिब, जय प्रसाद गौतम कोषाध्यक्ष र तिल प्रसाद भट्टराई सहसचिवको जिम्मेवारीमा रहेका छन् ।
बिद्यालयलाई रेखदेख, संचालन र ब्यबस्थापन गर्न कुनै कसुर बाकी नराख्ने अध्यक्ष रावतले बताए ।




हाम्रो कर्णाली । २९ जेष्ठ २०८२, बिहीबार १८:२६