
पूर्ण चौलागाईं ।
नेकपा माओवादी केन्द्र नगर समितिले चन्दननाथ नगरपालिका र सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ध्यानाकर्षण गरेको छ। चन्दननाथ नगरपालिकामा शिक्षा , स्वास्थ्य , कृषि ,रोजगार , वातावरण तथा फोहोरमैला ब्यबस्थापन शाखा ,पुर्वधार लगायतका क्षेत्रमा देखिएकाे बेथितिप्रती नगरको ध्यानाकर्षण गराएकाे नेकपा माओवादी केन्द्र चन्दननाथ नगर समितिका अध्यक्ष सुरेन्द्र बहादुर महतले बताए । यदि नगरपालिका समयमै समस्या समाधान गर्न नलागेमा जनस्तरमा बिरोधका कार्यक्रम गर्ने नेकपा माओवादी केन्द्र नगर समितिले चेतावनी दिएको छ।
नेकपा माओवादी केन्द्र नगर समितिले राखेका जायज मागहरु राखेकोले उक्त मागहरु पूरा गर्न नगरपालिका सकारात्मक भएको नगर प्रमुख राजुसिंह कठायतको भनाइ छ।
नगरलाइ बुझाएको ध्यानाकर्षण

त्यस्तै उक्त समितिले सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको पनि ध्यानाकर्षण गराएकाे छ। बिगत लामो समयदेखी चन्दननाथ नगरपालिकाभित्र बिकास निर्माणका योजनाहरु समयमै निर्माण कार्य सम्पन्न नभएको , गुणस्तरमा लापरबाही देखिएकाे र केही योजनाहरु अस्तब्यस्त अबस्थामा रहेकोप्रती ध्यानाकर्षण गरिएको छ।

ध्यानाकर्षणपत्र


हाम्रो कर्णाली । २९ जेष्ठ २०८२, बिहीबार १७:३७