
पूर्ण चौलागाईं ।
जुम्लाको तिला गाउँपालिका वडा न.४ जुम्लाको १७ औँ बालविवाह मुक्त वडा घोषणा भएको छ। तिला गाउँपालिका, वल्र्डभिजन, किर्डाक नेपाल जुम्लाको समन्वय सहकार्यमा सो वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो। नेपाल सरकारको योजना अनुसार सन् २०३० सम्म वालबिबाहलाइ अन्त्य गर्ने सरकारको लक्ष रहेको छ।
जुम्लाका ६० वडामध्ये हालसम्म १७ वडा बालबिबाह मुक्त घोषणा भैसकेका छन् भने हिमा गाउपालिका बालबिबाह मुक्त पालिका घोषणा भैसकेको छ। उमेरले २० वर्ष नपुगी बालविवाह गर्ने–गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान रहेको छ ।
नेपाल सरकारको योजना अनुसार पालिकालाइ वालबिबाहमुक्त पालिका घोषणा गर्नको लाई पालिका तिब्र गतिमा अगाडी बढेको तिला गाउपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
तिलाका ३ वडा वालबिबाहमुक्त घोषणा भैसकेका र बाकी ६ वडालाई अबको केही दिनमा वालबिबाह मुक्त वडा घोषणा गरिने उपाध्यक्ष गोरिकला बुढाले बताइन ।




हाम्रो कर्णाली । २८ जेष्ठ २०८२, बुधबार २०:४२