सिंजा गाउँपालिकामाले थप्यो नयाँ एम्बुलेन्स, बिरामिलाई सहज हुने अपेक्षा

पूर्ण चौलागाईं ।
जुम्लाको सिंजा गाउँपालिकाले नयाँ एम्बुलेन्स थपेको छ। बिरामिलाई सहज हुने अपेक्षा गरिएको छ। नेपाल सरकारको पुर्ण राजश्व छुट सहित पालिकाको लगानीमा नयाँ एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । नेपाल सरकारको पूर्ण राजश्व छुट एम्बुलेन्सको मुल्य २४ लाख परेको छ ।
पुरानो एम्बुलेन्स बारम्बार विग्रन थालेपछि बिरामिलाइ सेवा दिने हेतुले टेण्डर प्रक्रिया मार्फत नयाँ एम्बुलेन्स थपिएको अध्यक्ष धितालको भनाइ छ।
सिन्जामा सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ भने अन्य नागरिकलाई सस्तोमा सेवा प्रवाह भईरहेको छ।




तपाईको प्रतिक्रिया