
पूर्ण चौलागाईं ।
विश्व वातावरण दिवशको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। साथै सो दिबसको अबसरमा कर्णाली माद्यामिक बिद्यालय अनामनगरमा बृक्षाराेपण र जुम्ला बजारमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो।
नगर भित्रका बिधालयस्तरिय खुला हाजिरिजवाफ प्रतियोगितामा चन्दननाथ मावि प्रथम, जनता मावि महतगाउ द्वितिय, रत्नचुणेश्वर मावि तृतिय र कर्णालि मावि र जनज्वोति मावि बारकोटेवाडाले सान्त्वना स्थान हात पारेका छन् । प्रथम , दृतिय ,तृतीय र सान्त्वना हुने बिद्यालयलाई क्रमशः ८ हजार,६ हजार,४ हजार र १ हजार ३ सय रुपैयाँ पुरस्कार बितरण गरिएको आयोजक डिभिजन बन कार्यालय जुम्लाले बताएको छ।

हरेक वर्ष जुन-५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरि बृक्षाराेपण, हाजिरी जवाफ प्रतियोगिता र सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।




हाम्रो कर्णाली । २३ जेष्ठ २०८२, शुक्रबार १४:४८