सुनचाँदी व्यवसायी संघ जुम्लाको अध्यक्षमा राज गहतराज निर्वाचित

बिष्णु रावत ।
सुनचाँदी व्यवसायी संघ जुम्लाको अध्यक्षमा राज गहतराज निर्वाचित भएका छन् । उक्त संघको प्रथम साधारणसभाले गहतराजलाई निर्वाचित गरेको हो।
त्यस्तै उपाध्यक्षमा काले सुनार, काेषाध्यक्षमा शुकबिर सुनार, महासचिवमा ज्ञान बहादुर वि.क र सचिवमा राेशल सुनार निर्वाचित भएका छन् । सदस्यमा दिनेश सुनार, गाेमनसिंह सुनार, धनरासी सुनार र विशाल सुनार निर्वाचित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ जुम्लाका महासचिव ज्ञान बहादुर बि.क ले व्यवसायीहरूको समस्या र चुनौती थुप्रै रहेका र समाधानमा सरोकारवाला उदासीन हुने गरेको गुनासो गरे।




तपाईको प्रतिक्रिया