
पूर्ण चौलागाईं ।
माओवादी केन्द्र चन्दननाथ नगर कमिटीको अध्यक्षमा सुरेन्द्र महत निर्वाचित भएका छन् । नगरको दोस्रो अधिबेशनबाट महत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हुन् । महतको अध्यक्षतामा ५१ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।
त्यस्तै उपाध्यक्षमा चन्द्रावती उपाध्याय,नन्द बहादुर बुढ्थापा, र नन्दु सार्की, सचिवमा कृष्ण नेपाली, सह–सचिवमा नरेन्द्र सेजुवाल र कोषाध्यक्षमा दिलमाया देवकोटा चयन भएको नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका नगर इन्चार्ज राजकुमार शाहीेले बताए ।
जिल्लाका आठवटै स्थानीय तहमा माओवादी जुम्लाको अधिवेशन सम्पन्न गरि सकेको छ । तिला गाउँपालिका बाहेक अरु स्थानीय तहमा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेको छ । तिलामा अझै पालिका कमिटी चयन हुन सकेको छैन ।




हाम्रो कर्णाली । १७ जेष्ठ २०८२, शनिबार १६:१६