
पूर्ण चौलागाईं ।
विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा कर्णाली माध्यामिक विद्यालय अनामनगर प्रथम भएको छ । जिल्ला स्तरीय उक्त कार्यक्रममा अनामनगर प्रथम भएको हो।त्यस्तै मालिका माध्यामिक विद्यालय धाँपा र भैरव माध्यमिक बिद्यालय दोस्रो र कनकासुन्दरी गाउँपालिकास्थित पाण्डवगुफा मावि, कोटघरले तेर्सो स्थान हात पारेको छ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले विज्ञान र प्रविधिको माध्यमबाट सामाजिक रूपान्तरण सम्भव हुने भएको हुँदा सोही बमोजिम सो कार्यक्रम गरिएको बताए ।कार्यक्रमले विद्यार्थीको नवप्रवर्तन र प्रतिभालाई प्रोत्साहन गर्ने कार्यलय प्रमुख बुढाको भनाइ छ।
मूल्यांकन समितिका संयोजक कृष्ण बहादुर रोकायाले सामग्री बनावट, उपयोगिता, स्थानीय र प्रयोगविहीन सामग्रीको प्रयोग, नवीनता, र प्रस्तुति शैलीजस्ता पाँचवटा सूचकका आधारमा परियोजनाको मूल्यांकन गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जुम्ला जस्तो दुर्गम जिल्लामा विज्ञान र प्रविधिमार्फत विकास र सहज जीवनशैलीको सम्भावना रहेको बताए ।
सामाजिक बिकास कार्यालय जुम्लाको आयोजनामा भएको कार्यक्रममा प्रथम हुने कर्णाली माध्यमिक बिद्यालय अनामनगरले जेठ २४ गते कर्णाली प्रदेशमा हुने प्रर्दशनीमा भाग लिने भएको छ।




हाम्रो कर्णाली । १८ जेष्ठ २०८२, आईतवार १८:०६