
पूर्ण चौलागाईं ।
जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।”स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ तिलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। पालिकाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण खोपहरु प्राप्त गर्न सुनिश्चत गर्नु उक्त घोषणा कार्यक्रमको उद्देश्य हो। पालिकामा जन्मेदेखि १५ महिना उमेर समुहका ५६६ जना बालबालिकाले पुर्ण खोप लगाएपछि पालिकालाई पुर्ण खोप मुक्त घोषणा गरिएको स्वास्थ शाखा प्रमुख हर्क रावतले बताए ।
,घोषणा कार्यक्रमलाई दिगोपनामा विशेष जोड दिनुपर्ने र बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोप कार्यक्रमको निरन्तरता र प्रभावकारितालाई सुनिश्चित गर्ने तिला गाउपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
बालबालिका भबिस्यको कर्णदार भएको र उनिहारुलाइ स्वस्थ राख्नु पालिकाको दायित्व हो। बालबालिकाको क्षेत्रमा बिशेष ध्यान दिने उपाध्यक्ष गोरिकला बुढाले बताइन् ।




हाम्रो कर्णाली । १२ जेष्ठ २०८२, सोमबार १३:५०