
अर्जुन महतारा।
जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।”स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पातारासीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। पालिकाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण खोपहरु प्राप्त गर्न सुनिश्चत गर्नु उक्त घोषणा कार्यक्रमको उद्देश्य हो। पालिकामा ५ बर्ष मुनिका ५ सय २७ जना बालबालिका रहेका छन जसमा ०-१५ महिना सम्म २ सय १९ र १६-५९ महिना जम्मा ३ सय ८ र तेसैमा पुर्ण खोप प्राप्त २ सय ४७ रहेकाे छ ।
,सो कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटाले यस्तो कार्यक्रमलाई दिगोपनामा विशेष जोड दिनुपर्ने बताए । बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोप कार्यक्रमको निरन्तरता र प्रभावकारितालाई सुनिश्चित गर्ने कार्यवाहक अध्यक्ष बल बहादुर बोहराको प्रतिबद्धता जनाए।
स्वास्थ्य शाखाका इन्चार्ज रतन बुढाथोकीका अनुसार,
खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै १९ महिनासम्मका खोप छुटेका बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप पुरा गरिने र यसले विशेषगरी बाल मृत्युदर घटाउन मदत गर्ने पातारासी गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज रतन बुड्थापाले बताए ।




हाम्रो कर्णाली । ९ जेष्ठ २०८२, शुक्रबार १६:३३