जुम्लामा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु

पूर्ण चौलागाईं ।
जुम्लामा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु भएको छ ।
आज दिउँसो ४ बजे चट्याङ लागेर जुम्ला तातोपानी गाउँपालिका ८ टाेप्लाकि वर्ष  २७ कि कल्पना शाहीको मृत्यु भएको हो।
पाटनमा यार्सागुम्बा खाेज्ने क्रममा चट्याङमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले बताए । घटना स्थल  तर्फ प्रहरी गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया