पूर्ण चौलागाईं जुम्ला।
जुम्लाका हिमा गाउपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा(गठन तथा सञ्चालन) ऐन संशोधनमा गरेको ढिलाइको बिरोधमा हिमाका कर्मचारी आन्दोलनमा उत्रियका हुन् ।
स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिको आह्वानमा विधेयक को विरुद्धमा आइतबार बिहान १० देखि १ बजेसम्म ३ घण्टा पेन डाउन(सेवा प्रवाह बन्द) र कालो पट्टी बाँधेर बिरोध प्रदर्शन गरिएको हिमा गाउपालिका संघर्ष समितिका संयोजक मृगेन्द्र हमालले बताए ।
यदि ७ गतेसम्म विधेयकमा आवश्यक सुधार गरि संशोधन प्रक्रिया अगाडि नबढाए ८ गतेबाट पूर्णरूपमा सेवा प्रवाह ठप्प गरिने संयोजक हमालको भनाइ छ।





हाम्रो कर्णाली । ५ जेष्ठ २०८२, सोमबार १९:४०