
अर्जुन महतारा जुम्ला।
जुम्लाको गुठीचौर गाउँपालिका–२ मा पर्ने गोठीगाउँको लेकमा चट्याङ लागेर २२ वटा बाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा सो वडाका भेडा पालक किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा बाख्रा चट्याङमा परेर मरेको गुठीचौर–२ का वडाध्यक्ष दिपबहादुर ऐडीले बताए । वडामा करिब ८० प्रतिशत घरधूरी भेडा पालनमा लागेको वडाध्यक्ष ऐडीको भनाइ छ ।आर्थिक स्रोतको माध्यम भनेकै बाख्रा पालन रहेको थियो । चट्याङबाट बाख्रा मरेपछि घर खर्च चलाउन अब गाह्रो हुने भेडा पालक किसान हिरबहादुर ऐडीले भने । यहाँका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी भेडापालन हुनेठाउँ गुठीचौर रहेको छ । पाटनका भेडीगोठ व्यवस्थित नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षतिहुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।




हाम्रो कर्णाली । ४ जेष्ठ २०८२, आईतवार १६:५८