
पदम शाही जुम्ला।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका कोषाध्यक्ष तथा कर्णाली मिसनका प्रकाश तथा प्रधान सम्पादक सक्रिय पत्रकार सागर परियार प्रतिष्ठित ‘राेटरी जुर्नाे अर्वाड-२०२४-०२५ बाट पुरस्कृत भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएकाे विभिन्न विद्याका अर्वाड मध्य यसवर्षकाे खानेपानी र सरसफाई तर्फकाे प्रतिष्ठित राेटरी जुर्नाे अर्वाड-२०२५ पत्रकार परियारले प्राप्त गरेका हुन् ।
राेटरी ईन्टरनेश्नलका डिस्ट्रीक गर्भनर राजेन्द्रमान शेर्चनले पत्रकार परियारलाई अर्वाड हस्तान्तरण गरेका हुन् ।राेटरी ईन्टरनेश्नल संस्थाले दिगाे शान्ति,खानेपानी तथा सरसफाई,शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएकाे छ ।विभिन्न विद्याका पुरस्कार मध्य खानेपानी र सरसफाई क्षेत्रमा निन्तर कलम चलाएकाे भन्दै परियारलाई उक्त अर्वाड प्रदान गरिएकाे हाे ।राेटरीले प्रदान गर्ने रहेक पुरस्कारकाे विशेष महत्व छ ।
पत्रकार परियार सहित विभिन्न विद्यामा देशभरका सात जना पत्रकारले जनही रु ५१ हजार नगद राखीकाे राेटरी जर्नाे अर्वाड प्राप्त गरेका छन् ।यसअघि परियारले नेपाल सरकारले दिने यूवा पत्रकारिता पुरस्कार र मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार समेत पाईसकेका छन् ।

हाम्रो कर्णाली । ३ जेष्ठ २०८२, शनिबार २१:१४