अर्जुन महतारा।
जुम्लामा भ्यान दुर्घटना हुदा चालक सहित दुई जना घाइते भएका छन् ।जुम्लाको तिला गाउँपालिका-१ स्थित गाडगुडेनीमा भ्यान दुर्घटना भएको हो। कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत तिला गाउँपालिकाकाे गाडगुडेनीमा क १ ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन् । घाइते हुनेमा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका – ६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाईलीले बताए । घाइतेलाई अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भई रहेको छ । भ्यान सडक देखि दुई सय मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।







हाम्रो कर्णाली । १ जेष्ठ २०८२, बिहीबार १९:३३