पूर्ण चौलागाईं ।
छैटाै जुम्ला रारा अल्ट्राम्याराथनकाे उपाधी पुरुष तर्फ दल बहादुर कुँवर र महिला तर्फ कल्पना बुढाले हात पारेका छन् । ५१ किलाेमिटर दुरीकाे अन्तिम चेक प्वाईन्ट सबैभन्दा पहिला फिनिसिङ गरेर कुँवर र बुढाले छैटाै जुम्ला-रार अल्ट्रा म्याराथन उपाधि उचालेका हुन् ।
कुँवरले ५१ किलाेमिटर दुरी ५ घण्टा ५३ मिनेट ५७ सेकेण्डमा अन्तिम चेक प्वाईन्ट पार गर्दै प्रथम हुन सफल भएका हुन् ।
त्यस्तै महिला तर्फ प्रथम हुन सफल धावक कल्पना बुढाले निर्धारित दुरी ७ घण्टा ५१ मिनेट ३१ सेकेण्डमा पार गरेकी थिईन् ।
पुरुष तर्फ दाेस्राे त्रिभुवन आर्मी क्लबका सुबेदार होमलाल श्रेष्ठले हात पारेका छन् ।उनले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डडमा दुरी पार गरे ।
तृतीय हुने सोम बहादुर रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गरे ।
चौथो हुने चन्द बहादुर.रावतले ६ घण्टा १९ मिनेट २८ सेकेन्ड र पाचाै हुने शेर बहादुर.बुढाले ६ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा दुरी पार गरेकाे आयाेजकले जनाएकाे छ ।
साथै महिला तर्फ उपविजेता जुम्लाकै २० वर्षिय राज्यलक्ष्मी रावल हुन सफल भएकी छन् । उनले ५१ किमी दुरी ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड पूरा गरिन् ।
भने तेस्राेमा सन्दिभा बुढा भईन । उनले कडा मेहनतका साथ ८ घण्टा ४६ मिनेट ०२ सेकेन्डमा अन्तिम चेक प्वाईन्ट फिनिसिङ गरिन् ।
चौथो भएकी पुसा बुढाले ९ घण्टा ३७ मिनेट ०७ सेकेन्ड,पाँचाै हुन सफल अनिशा गुरुङ्गले ११ घण्टा ७ मिनेट २५ सेकेन्डमा दुरी पार गरि उत्कृष्ट स्थान हासिल गरिन् ।
साथै ५१ किमी दुरीमा जम्मा खेलाडी सहभागी थिए । भने प्रतियाेगितामा प्रथम,दाेस्राे,तेस्राे र चाैथाे आउने धावकलाई क्रमश: जनदी नगद एक लाख,७५ हजार हजार,५० हजार हजार र ३५ हजार,मेडल,प्रमाणपत्र हस्तान्तरण गरिएकाे आयाेजक संस्था कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले जानकारी दिनुभयाे।
कर्णालीमा सहासिक खेल पर्यटनकाे विकास गर्न तथा विश्व सामु कर्णाली चिनाउन निरन्तर आयाेजना भईरहेकाे म्याराथनले खेलाडीहरुमा उत्साह थपिएकाे बताउनुभयाे । आर्थिक अभावका कारण अझै साेचे जस्ताेगरी प्रतियाेगितालाई व्यवस्थित गर्न नसिकएकाे उहाँकाे भनाई छ ।
त्यस्तै ५ र १० किमी दुरीमा उत्कृष्ट आउने धावकहरुलाई हिजाेनै पुरस्कार वितरणा गरिएकाे छ । छैटाै जुम्ला-रारा अल्ट्रा म्याराथनकाे तीन विधामा गरी जम्मा ५९१ जना धावक सहभागी रहेका थिए







हाम्रो कर्णाली । २८ बैशाख २०८२, आईतवार १४:४०