सेनाद्वारा कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन : ५ सय ५६ जनाले सेवा लिए

पूर्ण चौलागाईं ।
नेपाली सेनाद्वारा कनकासुन्दरी गाउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।सो शिबिरमा ५ सय ५६ जनाले स्वास्थ जाँच गराइ सेवा लिएका हुन् ।स्वास्थ्य शिविरमा नं.२४ गुल्मका डाक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग विशेषज्ञ सहितको मेडिकल टोलीले स्थानियको चेकजाँच गरेको हो । जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिकामा बसोवास गर्ने स्थानिय नागरिक लाई लक्षित गरि संचालन गरिएको उक्त स्वास्थ्य शिविरवाट महिला ३ सय १९, पुरूष १ सय ८४ र बालबालिका ५३ गरि जम्मा ५ सय ५६ जनाले सेवा लिएको देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले बताए । स्वास्थ्य शिविर संचालनले नागरिक-सैनिक सम्बन्धलाई थप मजबुद बनाउन अहम् भुमिका खेल्ने गणपति थापाको भनाइ छ।
देविदत्त गणकाे आयोजनामा सोमबार जुम्लाको कनकासुन्दरी गाउँपालिका -६ गोरुचौर स्थित आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।




तपाईको प्रतिक्रिया