पूर्ण चौलागाईं ।
नेवारी समुदायको धिमे बाजा संरक्षण गर्न जुम्लामा १ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। नेवारी समुदायको परम्परागत धिमे भुस्या बाजाको संरक्षण गर्ने हेतुले उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो। जुम्लाका नेवार समुदायका युवा अहिले आफ्नो धर्म, संस्कृति जोगाउन बाजा संरक्षण अभियानमा जुटेका छन् ।
नेवारी बाजा, नेवारी भाषा, नेवारी नाच, कुमारी नाच, नेवारी खानाका परिकार जस्तै ; यामाेरी, चटामारी, बारा, अचार जस्ता परिकार बनाउन सिकाईएकाे नेवा: देय दबु जिल्ला अध्यक्ष नबराज श्रेष्ठले बताए ।
चन्दननाथ नगरपालिका जुम्लाको आर्थिक सहयाेग नेवा देय दवु जुम्लाको आयाेजनामा नेवारी सांस्कृतिक बाजा प्रशिक्षण कार्यक्रम गरिएको थियाे । चैत महिनाकाे २२ गते बाट संचालन भएको नेवारी बाजा ( धिमे ) प्रशिक्षण कार्यक्रम १ महिनाकाे प्रशिक्षण पछि आज सम्पन्न भएको छ ।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले जुम्लामा नेवारी समुदायकाे संस्कृति जाेगानका लागि नगरपालिका सँधै तत्फर रहेकाे बताए । उनले भने, ” नेवारी समुदायकाे बाजा र नाच हेर्दा अत्यन्तै खुसि लागेकाे बताए । उनका अनुसार, याे बाजा र नाच लाई जुम्लामा हुने विभिन्न कार्यक्रममा देखाउन अनुराेध गरे ।







हाम्रो कर्णाली । २२ बैशाख २०८२, सोमबार २१:०६