पूर्ण चौलागाईं ।
स्वर्गीय बुवाको सम्झनामा धन प्रसाद चौलागाईंले कालिका आधारभूत बिद्यालय श्रीनगरलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।चौलागाईंका स्वर्गीय बुवा तिलाचन्द्र उपाध्यायको १५ दिनको पुण्य तिथिको अबसरमा उक्त सहयोग गरिएको हो।
बिधालयमा अध्यनरत बालबालिकालाई कापी ,पेन्सिल ,कटर र बिधालयका लागी बाल्टिन, भित्ते घडी र स्टिलको दराज सहयोग गरेको चौलागाईंले बताए । स्वर्गीय उपाध्यायले सो बिधालयलाई निशुल्क जग्गा दान समेत गरेका थिए । स्वर्गीय बुवाको चिर शान्तिको लागी थोरै भए पनि बिधालयलाई सहयोग गरेको चौलागाईंको भनाइ छ।त्यस्तै स्वर्गीय उपाध्यायका जेठा छोरा नैनानन्द उपाध्यायले उक्त बिधालयलाई बुवाले जग्गा दान समेत गरेको र दिनमा पनि सकेजतीको सहयोग गर्ने बताए ।
बिधालयलाई सहयोग गरेकोमा धन्यवादका साथै आगामी दिनमा पनि सहयोग गर्नको लागि उक्त बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष डिलेस बहादुर रावतले आग्रह गरे।







हाम्रो कर्णाली । २१ बैशाख २०८२, आईतवार २०:०६