पूर्ण चौलागाईं ।
ताताेपानी गाउँपालिकामा संस्कृति महाेत्सव संचालन हुने भएकाे छ । स्थानीय परम्परा तथा संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले बैशाख २२ गते उक्त महाेत्सव संचालन हुने भएकाे हाे ।
महाेत्सवमा स्थानीय कला सांस्कृति झल्कीने प्रस्तुती मात्र देखाइने छ । महाेत्सवकाे मुख्य आर्कषक व्यक्तिका रुपमा नायक प्रदिप खड्का,नायिका दिपाश्री निराैला, चलचित्र बाेर्डका अध्यक्ष दिनेश डिसी, तातोपानीका सबै वडाको पुरानो सांस्कृती झल्किने प्रस्तुतिको साथमा स्थानिय कलाकारहरु रहने छन् ।
ताताेपानी गाउँपालिकाकाे आयाेजना चलचित्र बाेर्डकाे समन्वय र कर्णाली उत्थानशील अभियान नेपालकाे सहजीकरणमा महाेत्सवमा आयाेजना हुने भएको हाे ।
नितान्त स्थानीय संस्कृति संरक्षण तथा प्रर्वद्वन गर्ने उदेश्यले महाेत्सवकाे आयाेजना गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँइले बताए । उनका अनुसार हुड्के नाँच,पञ्चेबाजा,मागल,ढाल नाँच लगायतका प्रस्तुती राखिने छ।







हाम्रो कर्णाली । १९ बैशाख २०८२, शुक्रबार १९:३८